काठमाडौं – नयाँ नक्सा समेटिएको दोस्रो संविधान संशोधन विधेयक पारित गर्ने सरकारले तयारी गरेको छ ।
शनिबार बस्ने प्रतिनिधिसभाको बैठकले संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक शनिबार १ बजेका लागि डाकिएको छ । सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो ।
विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।




प्रतिक्रिया