भारत र चीनसँग संतुलित सम्बन्ध चाहेका छौं : अध्यक्ष प्रचण्ड

भारत र चीनसँग संतुलित सम्बन्ध चाहेका छौं : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनसँग संतुलित सम्बन्ध चाहेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले अब कुटनीतिक र राजनीतिक संवादबाट भूमि फिर्ता ल्याइने पनि बताए। लिपुलेक विवादित क्षेत्र भनेर भारतले पनि स्वीकार गर्दै आएको प्रचण्डको भनाइ छ। भारतसँग नेपालले कुनै दुश्मनी नराख्ने समेत उनले बताए।

‘यो समस्या सधैंका लागि समाधान गर्न सबै नेता गम्भीर छौं। यो परिस्थिति आउनुअगाडि नै वार्ताबाट समस्या समाधान गर्न पाएको भए हुन्थ्यो। हाम्रोतर्फबाट अधिकतम प्रयास गरिएको हो,’ प्रचण्डले भने, ‘भारतसँग मित्रता चाहेका छौं। आवेगमा छैनौं। नक्सा जारी गर्नु भनेको भारतसँग दूरी बढाउनु होइन।’

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,’ उनले भने, ‘गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं। राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ। ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ।’ प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।