पाकिस्तानका पुर्व प्रधानमन्त्री गिलानीलाई कोरोना भाइरसको संक्रमण

पाकिस्तानका पुर्व प्रधानमन्त्री गिलानीलाई कोरोना भाइरसको संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेन्सी- पाकिस्तानका पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । पाकिस्तानमा विपक्षी पार्टी मुस्लिम लीगका प्रमुख शहबाज शरीफ, मन्त्री शेख राशिद र अर्का पुर्व प्रधानमन्त्री शाहिद खाकन अब्बासीलाई कोरोना भाइरसको संक्रमण यसअघि नै भइसकेको छ ।

पाकिस्तानमा १ लाख ३२ हजार ४०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी २५ सय ५१ जनाको मृत्यु भएको छ ।