काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला)तर्फ वासना थापा सर्वाधिक मतसहित पहिलो स्थानमा रहेकी छन्।
४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी उर्मिला थपलियाले २ हजार ६४७ मत पाएकी छन् भने निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा छिन्।
त्यस्तै, कुसुमदेवी थापाले २ हजार १२९ र धना कुमारी खतिवडाले २ हजार १२५ मत प्राप्त गरेका छन्। अनिता देवकोटा १ हजार ९३० मतसहित छैटौँ स्थानमा रहँदा विनिता खड्काले १ हजार ८९२ र लक्ष्मी पाण्डेले १ हजार ७७२ मत पाएका छन्।
सृजना अधिकारीले १ हजार ७६२, मुना भुसालले १ हजार ६३२, चिनी पोखरेल (चिनु) ले १ हजार ५६४ र रिता थापा मगरले १ हजार ५१० मत प्राप्त गरेका छन्।
कान्तिका सेजुवालले १ हजार ४८१, उमा दाहालले १ हजार ४५८, निर्मला तामाङ बस्नेत (नीरु) ले १ हजार ४२४ र अकला गुरुङले १ हजार ३३८ मत पाएका छन्।
त्यसैगरी, सम्झना खत्रीले १ हजार २५६, गंगा शाही र निर्मला क्षेत्रीले समान १ हजार २२२, गीता सत्यालले १ हजार १६७ तथा जमुना ढकालले १ हजार १६० मत प्राप्त गरेका छन्।
इन्दिरा चौलागाईंले १ हजार ४१, गण्डकी थापा अधिकारीले १ हजार ३०, भगवती काफ्ले भण्डारीले १ हजार १९, नम्रता बरालले ९६७ र राधिका कटुवालले ९६६ मत पाएका छन्।
सुमित्रा कुमारी बमले ९४४, रिता सेन ओलीले ८८९, तुलसी देवकोटाले ८६२, पवित्रा कुमारी अर्यालले ८१७, भवानी देवकोटाले ७९९ र यस्मिन ढुंगानाले ७७५ मत प्राप्त गरेका छन्।
सूचीको अन्तिमतर्फ विष्णु कुमारी सापकोटाले ५६९ र मोदती के.सी.ले ५५० मत पाएका छन्। उक्त मतगणनामा १२ मत बदर भएको छ।



प्रतिक्रिया