ललितपुरका एसएसपीलाई विप्लव समूहको निर्देशनः यातना दिने काम बन्द गर !

ललितपुरका एसएसपीलाई विप्लव समूहको निर्देशनः यातना दिने काम बन्द गर !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ललितपुर जिल्लाका एसएसपी टेकप्रसाद राईलाई आफ्ना कार्यकर्तामाथि अनावश्यक धरपकड नगर्न निर्देशन दिएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपा जिल्ला समिति ललितपुरका सेक्रेटरी विदुषीले नागरिकको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन् नगर्न आग्रह गरेका छन् ।

‘नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने ? घर घेर्ने, धरपकड गर्ने र शारीरीक तथा मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

पक्राउ परेका भनिएका श्याम बज्राचार्य लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु प्रसारण भएकोमा आपत्ति जनाएको छ ।