काठमाडौं – कर्णाली प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय १५ पुगेको छ ।
प्रदेश सरकारको स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति जारी गरी प्रदेशका विभिन्न जिल्लामा थप ६९ जनामा संक्रमण देखिएको जानकारी दिएको हो ।
नयाँ थपिएका संक्रमित सुर्खेतका ४० र दैलेखका २९ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायाण बिडारीले बताए ।





प्रतिक्रिया