काठमाडौं – सरकारले असार २१ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
चैत ११ गतेदेखि बन्द रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय हवार्य उडान असार १६ गतेसम्म बन्द गर्ने निर्णय यसअघि भएको थियो ।
मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सबै उडान बन्द गर्दै आइरहेको छ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई चार्टर उडानबाट स्वदेश फर्काइरहेको छ ।
पछिल्ले समय नेपाल कोरोना भाइरस संक्रमित बढिरहेकाले सरकारले आशिंक रुपमा लकडाउन खुल्ला गरेको छ । जोर बिजोर प्रणाली अपनाएर सरकारले निजी सवारी साधन चल्न दिने र व्यापार व्यावसाय चल्न दिने निर्णय गरेको छ ।




प्रतिक्रिया