काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ४२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ ।
हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार १९ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा ६ हजार ८९ जनाको पिसिआर परीक्षण गरिएको अहिलेसम्म १ लाख ३३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको उनले जानकारी दिए ।




प्रतिक्रिया