काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले कैलालीको क्वारेन्टाइनमा महिलामाथि बलात्कार गर्नेलाई हदैसम्मको कारबाहकिो माग गरेकी छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद संग्रौलाले कैलालीको लम्किचुहा नगरपालिका १ पुर्ब लम्कीस्थिती सहिद स्मृति मा बि मा बनाइएको क्वारेन्टाइनमा बसेकी महिला तेहि खटिएका स्वास्थ्यकर्मीबाट सामुहिक बलात्कृत भएको घटनाले शिर निहुरिएको बताइन् ।
‘यो घटनाले हामी सबैको शिर निहुरिएको छ । यस्तो पाशविक घटनाको जति भत्सर्ना गरे पनि पुग्दैन’, उनले भनिन् ।
सांसद संग्रौलाले सरकारको प्रत्यक्ष निगरानीमा रहेको क्वारेन्टाइनमासमेत महिलाहरु असुरक्षित रहेको बताइन् ।
‘सरकारको निगरानीमा रहेको क्वारेन्टाइनमा समेत महिला असुरक्षित हुन्छन् भने अन्यत्रको अबस्था कस्तो होला ? यस्तो दानबीय प्रवृत्तिलाई सिङ्गो मुलुकले नै तिरस्कार गर्दै अपराधीलाई कडा कानुनी कारवाहिको दायरामा लाउनु पर्दछ ’, उनले भनिन् ।
त्यस्तै उनले महिलाहरुमाथि श्रृङखलाबद्ध रुपमा बलात्कारका घटनाहरु घटिरहे पनि सरकारले महिलाको अस्मिता बनान नसकेको बताइन् ।
‘सरकारले क्वारेन्टाइनमा खटाएका स्वास्थ्यकर्मीबाट नै हाम्रा चेलीहरु असुरक्षित हुन्छन् भने अब सम्पुर्ण महिलाहरूको जिउ ज्यानको सुरक्षा कस्ले गर्ने ? के सरकार नागरिक सुरक्षा गर्न असफल भएको हो ? होइन भने अपराधीलाई तुरुन्त कारवाहि गर’, उनले भनिन् ।
क्वारेन्टाइनमा बसेकी एक महिलामाथि स्वास्थ्यकर्मीको समूहले सामूहिक बलात्कार गरेको थियो । उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।




प्रतिक्रिया