गण्डकी प्रदेशमा १८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २२३पुग्याे

गण्डकी प्रदेशमा १८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २२३पुग्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – मंगलबार गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २, कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।

याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । गोरखा नगरपालिकाका २१ देखि ५३ वर्षका ७ पुरुष र एक महिला, गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुष, स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुष, पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै जना भारतबाट फर्केर क्वारेन्टाइनमा बस्दैआएका थिए । संक्रमित सबै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।