काठमाडौं उपत्यकासहित देशभर भीषण वर्षा, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकासहित देशभर भीषण वर्षा, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ ।

महाशाखाको विहान ६ बजेको बुलेटिनअनुसार काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको र प्रदेश १ र २ मा थप वर्षा हुने भन्दै खहरे खोला र नदीको तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

महाशाखाका अनुसार पछिल्लो ३ घन्टामा झापा, मोरङ, सुनसरी, उदयपुर ,प्रदेश २ को अधिकांश स्थान, सिन्धुली, रामेछाप, दोलखा, मकवानपुर,चितवन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमान्डौ उपत्यका,धादिङ, नुवाकोट, नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, बागलुङ, रूपन्देही, कपिलवस्तु आसपास अधिकांश स्थानमा मध्यम बर्षा र केही स्थानमा भारी बर्षा भइरहेको छ ।

प्रदेश २ र १ को तराईको भू–भागमा थप केहि समय मध्यम बर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कन्काई, कमला, बागमती नदीमा बहाव बढ्दो मात्रामा रहेको तर सतर्कता तहभन्दा तलै हुने जानकारी दिएको छ ।

तर, चुरे र तराईबाट बहने त्रियुगा, माहुली,खाडो, गागन, रातु, चुरिया खोला, बालन –खुट्टी, महरा, जिमखोला, लखन्दी लगायत प्रदेश २ र प्रदेश १ को तराईको भू–भाग भई बहने स–साना खहरे खोलामा बहाव बढ्ने, केहीमा आकस्मिक बहाव पनि हुनसक्ने भन्दै आज मध्यान्नसम्म स–साना नदीतटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तो छ तीनको मौसमः

असार ०२ गते (मंगलबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका  थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०३ गते (बुधबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २  र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २  र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०४ गते (बिहिबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा   मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर  धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ जसका कारण ति क्षेत्रहरुका नदिमा पानीको वहाव बढ्ने , पहिरो जाने , सडक तथा हवाई यातायात  समेत  प्रभावित हुने संभावना  रहेको हुनाले  सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।