धनगढी – सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा कार्यरत एक जना स्टाफ नर्सलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
धनगढी उप–महानगरपालिकाकी २८ वर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो । सुदूरपश्चिममा सोमबार ६८ जनामा कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएककामध्ये २८ वर्षीय स्टाफ नर्समासमेत संक्रमण देखिएको भएको अस्पतालले जनाएको छ ।
अहिले उनको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत कोरोना परीक्षण गर्ने तयारी हुँदैछ ।




प्रतिक्रिया