विहार छिर्न खोजेकी सरिता गिरीलाई सुरक्षाकर्मीले नाकाबाटै फर्कायो

विहार छिर्न खोजेकी सरिता गिरीलाई सुरक्षाकर्मीले नाकाबाटै फर्कायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं – भारत छिर्न लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई प्रहरीले नाकाबाटै फर्काइदिएको छ । मंगलबार सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लाग्दा नेपाली सुरक्षाकर्मीले फर्काइदिएका हुन् ।

प्रहरीले लकडाउनको समयमा प्रवेश गर्ने अनुमति नभएको भन्दै उनलाई गाडीसहित फिर्ता पठाइदिएका हुन् ।

सिरहा घर भएकी सांसद गिरीको माइति भने भारतको बिहारमा पर्छ । प्रहरीले नाकाबाट फिताृ पठाएपछि उनी धनुषा गएकी थिइन् ।

नेपालको नयाँ नक्शासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव बहिस्कार गरेर उनी बाहिरिएकी थिइन् । जनता समाजवादी पार्टीले उनलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।