काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकारका सबै अंगहरु भ्रष्टाचारको दलदलमा फसिसकेको आरोप लगाएकी छन् ।
चीनको बुहानबाट १७५ जनालाई उद्दार गरि खरिपाटिको क्वारेन्टाइनमा राख्दा औषधिनै नखाई ७४ लाखको बिल सेनाले बनाइ पेस गरेको कुरा सन्चारमा आएपछि सांसद संग्रौलाले यस्तो बताएकी हुन् ।
‘सरकारको नियत अब सर्बसाधारण देखि सबैले सरकारको अनुहारमा भ्रष्टाचारको पोतो लेपिएको प्रस्ट भएको छ । सरकारका सबै अंगहरु भ्रष्टाचारको दलदलमा फसिसकेको आभास जनतामा हुन थालेको छ’, उनले भनिन् ।
त्यस्तै खरिपाटी क्वारेन्टाइनमा बस्ने बिद्यार्थीहरुले समेत दवाइ नै नखाएको बताएको उनले बताइन् । ‘यत्रो लुटतन्त्र केका लागि ? जनतामा निरासाको भावना जागेको छ । सडकमा जनता ले १० अरबको खर्चको बिवरण माग्दै गर्दा सरकारको चाला यस्तो छ’, उनले भनिन् ।
उनले अब देशमा विद्रोहको सम्भावना बढेर गएको र उत्तः विषयमा छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि सांसद संग्रौलाको माग छ ।
‘बिद्रोहको सम्भावना बढ्दै गएको छ । अब कसलाई बिस्वास गर्ने ? दुईतिहाइको सरकारको यो चाला छ ? संकट बेलामा यस्तो घृणित काम हुन्छ भने सरकारलाइ किन अविभावक भन्ने ? जनतामारा अपराधी सरकार किन नभन्ने ? तुरुन्त छानबिन गरि कारबाही गरियोस । जनताको धर्यको बाध अब टुटिसकेको छ सरकार !’, उनले भनिन् ।




प्रतिक्रिया