काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५८६जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमित जिल्लाको संख्या ७३ पुगेको छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म २० जनाको मृत्यु भएको उनले बताए ।
प्रवक्ता गौतमले आज विभिन्न अस्पतालबाट ९ जना डिस्चार्ज भएको जानकारी दिए । हालसम्मा डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या १ हजार १ सय ६७ पुगेको छ ।




प्रतिक्रिया