सुर्खेतमा आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि

सुर्खेतमा आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि


सुर्खेत – सुर्खेतमा आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सिम्ता गाउँपालिका–८ की युवतीमा आत्महत्यापछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा मृतक युवतीमा संक्रमण पोजेटिभ आएको छ ।

जेठ १२ गते भारतबाट आएकी युवती गाउँपालिकाको क्वारेन्टाइनमा बसेपछि २६ गते घर गएकी थिइन् । उनी असार १ गते झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

युवतीको शव अहिले मेलकुना अस्पतालमा रहेको र सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी गरेको छ ।