एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको उपचारमा डेक्सामेथासोनको उपयोग गर्न सुझाव दिएको छ ।
डब्ल्यूएचओका आपतकालिन कार्यक्रमका प्रमुखले बुधबार कोरोना भाइरसको उपचारमा डेक्सामेथासोनको उपयोगले फाइदा पुगेको बताएका छन् ।
‘यी घटनाहरूमा यो असाधारण महत्वपूर्ण हो कि यो औषधी गम्भीर बिरामी र गम्भीर बिरामीहरूका लागि आरक्षित छ जसले यसबाट स्पष्ट रूपमा फाइदा लिन सक्दछ,’ माइक रायनले एक ब्रिफिङ्गमा भने ।
त्यस्तै डब्ल्यूएचओले युनाइटेड किङ्गडम (युके) ले डेक्सामेथासोन, एक कोर्टिकोस्टेरोइड औषधि कोरोना संक्रमितको जीवन बचाउन उपयोगी भएको भन्दै त्यसको स्वागत गरेको छ ।
त्यस्तै डब्लूएचओले कोरोना संक्रमितको उपचारमा मलेरियाविरुद्धको औषधि प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विनले संक्रमित बिरामीलाई मृत्युको जोखिम बढाएको भन्दै यसमा प्रतिबन्ध लगाएको हो ।




प्रतिक्रिया