काठमाडौं – गण्डकी प्रदेशमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले संक्रमितहरु स्याङजा, बागलुङ, तनहुँ, नवलपरासी र पर्वतका रहेको बताएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयको पछिल्लो सूचनाअनुसार स्याङजामा ९ जनापर्वतमा ४ जना, बागलुङमा एक जना, तनहुँमा तीन जना, पूर्वी नवलपरासीमा १३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
उनीहरु सबै भारतबाट आएको र सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । उनले सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताए ।
यसअघि बिहीबार विहान नै गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका थिए । गण्डकीमा बिहीबार मात्र ७६ जना कोरोना संक्रमित थपिएका हुन् । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।




प्रतिक्रिया