कांग्रेस सहमहामन्त्रीमा रामहरिको जित निश्‍चित, दोस्रो सिटका लागि अजयबाबु र डिल्लीरामबीच प्रतिस्पर्धा

कांग्रेस सहमहामन्त्रीमा रामहरिको जित निश्‍चित, दोस्रो सिटका लागि अजयबाबु र डिल्लीरामबीच प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा जितनजिक पुगेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा फराकिलो अग्रतासहित अगाडि देखिएका हुन्।

६ हजार ६४९ मत गणना हुँदा खतिवडाले २ हजार ७८८ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका अजयबाबु शिवाकोटीले २ हजार ७२ मत पाउँदा डिल्लीराम सुवेदी १ हजार ७५९ मतसहित तेस्रो स्थानमा छन्।

दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा खतिवडाको अग्रता बलियो देखिएको छ। दोस्रो पदका लागि भने शिवाकोटी र सुवेदीबीच प्रतिस्पर्धा छ। हालको मतपरिणामअनुसार शिवाकोटी सुवेदीभन्दा ३१३ मतले अगाडि छन्।

मतगणनामा देवेन्द्रराज कँडेलले १ हजार २९९, राजीव ढुंगानाले १ हजार १८२, विकास कोइरालाले १ हजार ८८, अमृतकुमार अर्यालले ९७९, रमेशप्रसाद धमलाले ७८१ र विमलराज क्षेत्रीले २७५ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।