काठमाडौं – छिमेकी मुलुकसँगको सीमा विवादका कारण भारत पटक–पकट अन्तराष्ट्रिय विवादको सामना गरिरहेको छ ।
भारत नेपाल, चीन, पाकितानसँगको सीमा विवादका कारण धेरै चर्चामा आउने गरेको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकैपटक तीन देशसँगको सीमा विवाद सुल्झाउनुपर्ने चुनौती रहेको छ ।
पछिल्लो समय चर्चामा रहेको मुद्धा चिनियाँ सीमा विवाद हो । जहाँ भारत र चिनियाँ सेनाबीच भएको झडपमा भारतले २० जना आफ्ना सेना गुमाउनु परेको छ ।
भारतीय सेनाका अनुसार भारत र चीन सीमामा पर्ने गल्भान उपत्यकामा सोमबार राती दुई देशका सेनाबीच भएको हिँस्रक झडपमा २० जना भारतीय सेना मारिएका छन् । चीनतर्फ भने के–कति क्षति भयो खुलेको छैन् ।
यस घटनापछि दुईदेशबीच तनाव बढेको छ । चीनले उक्त झडपमा आफ्नो कुनै हात नरहेको बताइरहेको छ । चीनले भारतीय सेना आफ्नो इलाकामा प्रवेश गरेपछि उक्त झडप भएकलो आफूले उक्त घटनाको जिम्मा नलिने बताइरहेको छ ।
चीनले भारतले चीनको गल्भान उपत्यकामा अवैध सुरक्षा सम्बन्धी निर्माण गरिरहेको आरोप लगाएको छ । जबकि यो विवादित क्षेत्र हो ।
नेपाल र पाकिस्तानसँग टकराव
पछिल्ला महिनाहरुमा भारतको नेपालको सीमामा सडक उद्घाटन गरेपछि तनाव बढेको छ । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेख कब्जा गरेर आफ्ना सेना परिचालन गरेको छ ।
भारतले कालापनी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि दुवैदेशबीच विवाद उत्कर्षमा पुगेको हो । भारतको उक्त विवादास्पद कार्यविरुद्ध नेपालले पनि तीन वटै क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमासम्बन्धी वार्ता गर्न अस्वीकार गर्दै आएको स्वयं भारतीइ सञ्चारमाध्यमहरु नै बताउँदै आएका छन् ।
त्यस्तै भारतको दुष्मनी पाकिस्तानसँग पनि छ । भारत र पाकिस्तानबीच काश्मिरको बारेमा सधैं तनाव हुँदै आएको छ । यससँगै भारत तीन छिमेकीहरुसंग सीमा विवादको बरोमा संघर्ष गर्दैछ । भारतका गृहमन्त्री राजनाथ सिंहले भने, ‘नेपालसँग ‘रोटी–बेटी सम्बन्ध’ छ र यो मुद्दा वार्ताबाट सुल्झाइनेछ ।’
तर, पनि नेपालले भारतको अभिव्यक्तिप्रति शंका गर्दै आइरहेको छ । कोरोना भाइरस र गिर्दो अर्थतन्त्रबिरूद्ध सिमानामा छिमेकीहरूसँगको तनाव भारतको लागि गम्भीर अवस्था बनेको छ । यी परिस्थितिहरू कसरी भए र उनीहरूसँग सम्झौता गर्नु भारतका लागि चुनौतीपूर्ण छ ।
किन तीन छिमेकी मुलुकसंग झगडा ?
अंग्रेजी अखबार इन्डियन एक्सप्रेसका रक्षा मामिलाका विशेषज्ञ सुशान्त सिंहका अनुसार भारतको विदेश नीति जाँच गर्ने समय आइसकेको छ । तीनै देशहरूसँगको सीमा विवाद लामो समयदेखि जारी छ ।
सुशान्त सिंह भन्छन् – पाकिस्तानसँग कन्ट्रोल अफ लाइनमा विगत ३०–३१ वषैदेखि विवाद चल्दै आएको छ । सान् २०१५ ०१६ सम्ममा अवस्था केही हदसम्म सामान्य भएको थियो तर त्यस पछि सम्बन्ध बिग्रँदै गयो । सीमानामा गोलीबारी जारी यो निरन्तर चलिरहेको छ र दुबै देशहरूले लामो समयदेखि राम्रो सम्बन्ध देखेका छैनन् । उनीहरूको घरेलु राजनीतिमा पनि आपसी विवाद पनि एउटा मुद्दा नै बन्न पुग्दछ ।’
उनका अनुसार चीनसँगको भारतको विवाद हल्का र साना छन् । यद्यपि यस पटकको विवाद अत्यन्तै व्यापक भएको छ । लगभग २००–३०० किलोमिटरको दायरा भित्र फैलिएको छ । जहाँ चीन बसिरहेको थियो, यो पहिले त्यहाँ थिएन । भारतले त्यस क्षेत्रलाई आफ्नो भूमि भएको दाबी गर्छ । भारत चीनसँग तनाव बढाउन चाहँदैन, तर भारतको लागि सैनिकहरूको मृत्युपछि पनि मौन बस्न गाह्रो हुन्छ । यस्तो अवस्थामा दुई देशबीचको वार्तामा असर पर्न सक्छ ।
यसैबीच, नेपालको कुरा गर्ने हो भने यी दुई देशबीचको सौहार्दपूर्ण सम्बन्ध रहेको छ । तर, विगत केहि वर्षहरु बीच ती तनाव देखा परेको छ ।
एसडी मुनि भन्छन्, ‘चीनको नेपालमा पुरानो नजर छ । चीनका पहिलो कम्युनिष्ट नेता र संस्थापक माओ सेतुङले भनेका थिए कि – तिब्बत हाम्रो पाम हो र लद्दाख, नेपाल, भुटान, सिक्किम र अरुणाचल प्रदेश पाँचवटा औंला हुन् । आजको समयमा क्षेत्रीय विस्तार गर्न गाह्रो छ त्यसैले चीनले यी क्षेत्रहरुमा आफ्नो प्रभाव विस्तार गर्न चाहन्छ ।’
उनले थपे, ‘सोही समयमा नेपालमा नयाँ राष्ट्रवादको उत्पत्ति भएको छ जसमा ठूलो हिस्सा भारतविरोधी छ । नेपालको राजनीतिक कारण पनि छ र बाहिरको वातावरण पनि । चीनको प्रभाव, नेपालका प्रधानमन्त्री केपी ओलीको चीनप्रति झुकाव र भारतविरोधी लहर । , त्यहाँ विवाद बढेको धेरै कारणहरू छन् ।’
सुशांत सिंहले नेपालप्रति पनि भारतको आक्रमक नीति रहेको बताएका छन् ।
उनले भने, ‘नेपालसँगै तपाई भन्न सक्नुहुन्छ कि भारतको आक्रामक नीति छ । नेपाल एउटा सानो देश हो, त्यसैले भारतको प्रभाव त्यहाँ बढी छ । यस्तो अवस्थामा नेपालीहरुको क्रोध यो छ कि भारत एक जेठो भाई हो र नेपाल कान्छो भाइ मानिन्छ ।’




प्रतिक्रिया