संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित भएको छ । यसअघि प्रतिनिधि सभाबाट पनि सर्वसम्मतिले पारित भएको थियो ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकोमा सबैले सो बिधेयकको पक्षमा मत दिएका थिए ।

राष्ट्रिय सभामा कूल ५९ सदस्य रहेकोमा रिक्त एक सिटमा मनोनित गर्न बाँकी छ भने सभाका अध्यक्षले मत बराबर भएको अवस्थामा मात्र मतदान गर्ने अभ्यास छ ।

सरकारले जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।