दुई तीन वटा केस मात्र कोरोनाबाट मृत्यु भएका छन्ः प्रधानमन्त्री ओली

दुई तीन वटा केस मात्र कोरोनाबाट मृत्यु भएका छन्ः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरुको बद्नाम नगर्न सुझाव दिएका छन् ।

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारलाई जसरी पनि सरकारमा बसेकाहरुलाई बद्नाम गर्नुपर्छ भन्ने मानसिकता त्याग्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको बताए । तर उनीहरु मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ ।

उनले अघि भने, ‘कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो ।’

त्यस्तै उनले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २÷३ जना मात्रै रहेको बताएका छन् ।

‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो,’ उनले भने ।