चीनले १ कर्णेल र ३ मेजरसहित १० भारतिय सेना नियन्त्रणमा लिएको खुलासा

चीनले १ कर्णेल र ३ मेजरसहित १० भारतिय सेना नियन्त्रणमा लिएको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –भारत र चीनको बीचमा सीमा क्षेत्रमा झड्पका क्रममा पक्राउ परेका १० भारतिय सैनिकलाई चीनले रिहा गरेको छ । लद्दाखको गलवान उपत्यका दुवै देशका सेनाबीच झड्प हुंदा २० भारतिय सैनिक मारिएका थिए । झड्पमा ८० जना घाईते समेत भएका थिए ।

बुधवार दुवै देशका सेनाको मेजर जनरल तहको वार्तापछि उनिहरुलाई रिहा गरिएको द हिन्दुले जनाएको छ । चीनले बिहीवार सांझ ५ बजे १ प्रमुख सेनानी र तीन मेजरसहित १० जनालाई रिहा गरेको हो ।

चिनियां सेनासंगको झड्पमा चिनियां सेनाका पश्चिम थ्रेटर कमाण्डका प्रवक्ता सिनियर कर्णेल झांग सुईलीले झड्पमा चिनियां सेनालाई कुनै क्षती नभएको जनाएका थिए ।

गलवान उपत्यकाको झड्पमा भारतिय सेनाको मृत्यु भएसंगै दुवै देशको सम्बन्ध तनावपूर्ण वनेको छ । भारतले भारतमा रेलको ठेक्का पाएको चिनियां कम्पनीहरुसंगको ठेक्का सम्झौता समेत रद्द गर्नुका साथै ३७१ वटा सामानमा आयात प्रतिवन्ध गर्ने तयारी गरेको छ ।