काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले भिडियो कन्फ्ररेन्स गर्ने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा चीन र नेकपा नेताहरु भिडियो कन्फरेन्सबाट छलफल गर्न लागेका हुन् ।
नेकपाका स्कूल विभागका उपप्रमुख वेदुराम भुसालले करिब १ सय भन्दा बढी नेताहरु भिडियो छलफलमा जोडिने बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीलाई शुभकामना दिने कार्यक्रम रहेको उनले बताए ।
आजको बैठकमा कोरोना भाइरसको महामारीलाई छोटो समयमा पराजित गरेको चीनको अनुभवलगायतका विषयमा छलफल हुने उपप्रमुख भुसालले बताए ।
चिनियाँ प्राध्यापकले तयारी गरेको यो कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग आयोजक छ भने नेकपा स्कुल विभाग सह–आयोजक रहेको उनले बताए ।
बैठकमा चिनियाँ विकासको मोडालिटीबारे छलफल गरिनेछ । उक्त अन्र्तक्रिया दिउँसो २ बजेबाट सुरु हुनेछ । बैठकमा दुवै देशका गरेर करिब एक सय जनाको सहभागिता रहने उपप्रमुख भुसालले बताए ।




प्रतिक्रिया