अरुण तेस्रोको शिलन्यास रोकियो, यस्तो छ रोकिनुको कारण ?

अरुण तेस्रोको शिलन्यास रोकियो, यस्तो छ रोकिनुको कारण ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयांदिल्ली – नेपाली पक्षले तयारी नपुगेको भनेपछि अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास अन्तिम समयमा रोकिएको छ । नेपालको तयारी नपुगेको भन्दै अन्तिम समयमा आएर स्थगित भएको भौतिक योजनामन्त्री रघुविर महासेठले जानकारी दिए प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकै बेला दुवै देशका प्रधानमन्त्री दिल्लीबाटै आयोजनाको शिलन्याय गर्ने कार्यक्रम तय भएको थियो ।

नेपाली पक्षले भारतिय पक्षलाई शिलन्यासको लागी तयारी नपुगेको जानकारी दिएपछि भारतिय पक्ष त्यसमा सहमत भएको हो ।

प्रधानमन्त्री केपी ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आजै परियोजनाको स्विच अन गर्ने कार्यक्रम थियो । आयोजनाको स्विच अन गर्ने कार्यक्रम अन्तिम समयमा आएर रोकिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।