विप्लवप्रति कडा बन्दै गृहमन्त्री थापा, आईजी नियुक्तीबारे पहिलो पटक बोले गृहमन्त्री


चितवन– गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा कदम चाल्ने चेतावनी दिएका छन् ।प्रेस सेन्टर र प्रेस चौतारीले शनिबार चितवनमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवका क्रियाकलाप राजनीतिक नभई ध्वंसात्मक भएको बताए ।

‘शान्ति र स्थायित्वको विरुद्ध हुने अतिवादी अराजकतालाई स्विकार गर्न सकिदैन्, यसविरुद्ध सरकारले कडा कद्म चाल्छ ।’ गृहमन्त्री थापाले भने । विप्लव नेतृत्वको माओवादीले संविधान र कानून विरोधी गतिविधि गरिरहेको भन्दै उनले यो गैरराजनीतिक गतिविधि रोक्न सरकारले कडा कदम चाल्ने चेतावनी थापाले दिए ।

गृहमन्त्रालयले केही दिनअघि कार्ययोजना सार्वजनिक गरेको जानकारी दिदै गृहमन्त्री थापाले विकास, समृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नुपर्ने बताए । बैशाखको दोस्रो सातासम्ममा दुई कम्युनिष्ट पार्टी एक हुने भन्दै थापाले यसले विश्वका सबै अग्रगामी शक्तिलाई प्रेरणा दिने बताए ।

गृहमन्त्री थापाले अब प्रहरी महानिरीक्षक नियुक्तिमा कुनै विवाद नआउने भन्दै नियमसंगत र वैज्ञानिक ढंगले काम हुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement