बझाङ – बझाङमा एक जना युवाले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका ७ स्थित मजखोरी माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बुडखोरीका ३० वर्षीय युवकले कोठाभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।
आत्महत्या गरेका युवाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ । उनी तीन दिनअगाडि भारतबाट आएका थिए । क्वारेन्टाइनको कोठामा उनी एक्लै बसिरहेका थिए ।




प्रतिक्रिया