काठमाण्डु – संसदीय सुनुवाइ समितिले मंगलबार ५ जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ ।
समिति सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमश: सरू जोशी (जर्मनी), सुरेशकुमार कर्ण (इजरायल) पदमाक्षी राणा ( ओमान), सङ्गम श्रेष्ठ (दक्षिण कोरिया) र प्राप्ति शेरचन (स्पेन) को सुनुवाइ गरेको हो ।
बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।
समितिको बुधबार हुने बैठकमा प्रस्तावित अन्य राजदूतको सुनुवाइ हुनेछ । बैठकले प्रस्तावित व्यक्तिलाई अनुमोदन गरी नियुक्तिका निम्ति सिफारिस गर्ने सम्भावना छ ।
मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले १३ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो ।



प्रतिक्रिया