पर्यटनमन्त्रीले सम्बोधन गरेको ‘जुम मिटिङ’ मा पोर्न भिडियो बजेपछि…

पर्यटनमन्त्रीले सम्बोधन गरेको ‘जुम मिटिङ’ मा पोर्न भिडियो बजेपछि…


काठमाडौं – नेपाल पर्यटन बोर्डको जुम मिटिङमा पोर्न भिडियो सार्वजनिक भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बैठकलाई सम्बोधन गर्नेक्रममा पोर्न भिडियो सार्वजनिक भएको हो ।

सोमबार बोर्डले पर्यटकीय गतिविधि सञ्चालनका लागि तयार पारेको प्रोटोकलसम्बन्धी छलफल गर्न ‘जुम मिटिङ’ आयोजना गरेको थियो । करिब २ सय जना सहभागी उक्त मिटिङमा मन्त्री भट्टराईले सम्बोधन गर्दैगर्दा पोर्न भिडियोे आउने साइट सेयर भएको थियो ।

त्यसपछि मन्त्री भट्टराई सम्बोधन नगरी बाहिरिए र मिटिङ पनि अन्त्य भयो । पर्यटन मन्त्रालयले कसको आईडीबाट पोर्न भिडियो सार्वजनिक भयो भनेर छानबिन गर्न बोर्डलाई निर्देशन दिएको छ ।