पाल्पामा चार वटा गाडी पहिरोले बगायो, दुई जनाको शव फेला

पाल्पामा चार वटा गाडी पहिरोले बगायो, दुई जनाको शव फेला


काठमाडौं  – पाल्पामा चार वटा सवारीसाधन पहिरोमा पुरिएका छन् । बुटवल-गुल्मी सडक अन्तर्गत बुटवलबाट रिडी जाँदै गरेका उक्त सवारी साधन ४ सवारी साधन तानसेन नगरपालिका– ११ मा पहिरोमा पुरिएका हुन् ।

अवरूद्ध सडकमा सवारी साधन रोकेर पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

पहिरोमा परेर एक–एक वटा ट्यांकर, कार, ट्रक र मोटरसाइकल पुरिएको हो ।

घटनास्थलमा दुईजनाको शव फेला परेको छ भने एक जना घाइते भएका छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्वारको काम गरिरहेका छन् ।