भर्चुअल मिटिङ प्रकरणः पर्यटन बोर्डले माफी माग्यो

भर्चुअल मिटिङ प्रकरणः पर्यटन बोर्डले माफी माग्यो


काठमाडौं – नेपाल पर्यटन बोर्डले भर्चुअल मिटिङमा सार्वजनिक भएको पोर्न भिडियोबारे माफी मागेको छ ।  बोर्डले घटनाको विषयमा छानबिन प्रक्रिया अगाडि बढाइएको बताएको छ ।

सोमबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बैठकलाई सम्बोधन गर्नेक्रममा पोर्न भिडियो सार्वजनिक भएको थियो ।

बोर्डले पर्यटकीय गतिविधि सञ्चालनका लागि तयार पारेको प्रोटोकलसम्बन्धी छलफल गर्न ‘जुम मिटिङ’ का क्रममा पोर्न भिडियो आउने साइट सेयर भएको थियो ।

पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना भएको मिटिङका दौरान पर्यटनमन्त्री भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न भिडियो बजेको थियो ।