काठमाडौंबाट बाहिरिन कडाइ, स्थानीय तहले प्रमाणित गर्नुपर्ने

काठमाडौंबाट बाहिरिन कडाइ, स्थानीय तहले प्रमाणित गर्नुपर्ने


काठमाडौं – कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पास वितरणमा थप कडाइ गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाबाहिर जान सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको हुनुपर्ने जनाएको छ ।

‘काठमाडौंबाट बाहिर जिल्लामा जाँदा अब अनिवार्यरु पमा सोही जिल्लाको स्थानीय तहको नियमअनुसारको क्वारेन्टाइनमा बस्ने व्यहोरा जाने ठाउँको स्थानीय निकायबाट प्रमाणित भई आएपछि मात्र सवारी पास जारी हुनेछ’, सूचनामा भनिएको छ ।

त्यस्तै मृत्यु संस्कारमा जानेको हकमा भने पास दिन सकिने बताइएको छ । प्रशासनले सवारी पासको समयावधि पनि निश्चित गरेको छ । अब बिहान १० बजेदेखि १२ बजेसम्म मात्र सवारी पासका लागि निवेदन दिन सकिनेछ । संकलन गरिएका निवेदनको आश्यकता हेरेर सवारी पास दिने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।