काठमाडौं – सुदूरपश्चिम प्रदेशमा एकैदिन १३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा ९६ र सेती प्रादेशिक अस्पतालमा ४१ गरी १३७ जनामा कोरोना संक्रमण देखिएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार आज थपिएकामा कैलालीका मात्रै ८० जना छन् ।
यस्तै कञ्चनपुरका ८, अछामका ७, बैतडीका १४, डडेल्धुराका १८, डोटीका ७,र बझाङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक सय ३४ जना निको भएर घर फर्किएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया