काठमाडौं – समाजवादी पार्टीले सांसद सरिता गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज बसेको पार्टी केन्द्रीय पदाधिकारी बैठकले भारतले अतिक्रमित लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेपछि त्यसको विरोधमा उत्रिएकी थिइन् ।
उनलाई आजको बैठकले पार्टी नीतिविरुद्ध आफूखुसी कदम चालेको स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । चित्त बुझ्दो स्पष्टीकरण नआए कारबही गर्ने नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश भएको संविधान संशोधन विद्येयकविरुद्ध सांसद गिरीले संशोधन दर्ता गराएकी थिइन् ।
त्यसलगत्तै समाजवादीको संसदीय दलको बैठकले उनलाई संसोधन फिर्ता लिन निर्देशन दिएको थियो तर उनले आफ्नो संसोधन फिर्ता लिएकी थिइनन् । र, संसद बैठक बहिष्कार गरेकी थिइन् । त्यसपछि उनी माइत जाने भन्दै भारत प्रवेश गर्न खोजेकी थिइन् । नेपाली सुरक्षाकर्मीले सीमाबाट फिर्ता पठाएका थिए ।




प्रतिक्रिया