काठमाडौं – सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने अभियानलाई तिव्रता दिइरहेको छ । जनअनुसार आज कतारबाट १४५ नेपाली स्वदेश फर्किएका छन् ।
हिमालयन एयरलाइन्सको एचआईएम ५६३२ को उडानबाट १४५ नेपाली आज बिहान ८ः५५ बजे नेपाल आइपुगेका हुन् ।
कतारबाट आज नेपाल फर्कनेमा एक गर्भवतीसहित ६१ महिला छन भने ८४ पुरुष रहेको दूतावासले जनाएको छ । आजै कुवेत, बैंकक, माल्दिभ्स, सिड्नीलगायत ठाउँबाट नेपालीहरू स्वदेश फर्कंदै छन् ।
अष्ट्रेलियाबाट २५९ जना नेपालीहरु काठमाडौं फर्किँदैछन् । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंका लागि उड्ने छ ।




प्रतिक्रिया