काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फसेको बताएका छन् । कोरोना भाइरसको महामारीपछि उत्पन्न बेरोजगारी समस्याले देशलाई गम्भीर संकटतर्फ धकेलेको उनको भनाई छ ।
डा. भट्टराईले बेरोजगारीको ताँती बढिरहेको अवस्थामा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुटको जालोमा फसेको बताएका छन् । त्यस्तै उनले एमसीसीको विषयमा पनि आपत्ति जनाएका छन् । उनले एमसीसी टुंगो लगाउनुपर्ने बताएका छन् ।
उनले नागरिकताको विषयले गम्भीर समस्या निम्त्याउने भन्दै प्रधानमन्त्री केपी शर्मा अोली उखानटुक्कामा व्यस्त रहेको बताएका छन् ।
‘देश चौतर्फी संकटमा फस्दैछ । कोरोना चर्किदैछ । अर्थतन्त्र थला पर्दैछ । विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताँती बढ्दैछ’, उनले भनेका छन्, ‘स्कूलकलेज लथालिंग छन् । एमसीसीको टुंगो छैन । नागरिकता बल्झिदैछ । सत्ताधारी दल गुटको जालोमा फसेको । प्रम उखानटुक्का/छेडखानीमा ब्यस्त छन् । संकटको निकास खोजौं ।’




प्रतिक्रिया