आइतबार पनि बिदा दिऔंः भीमसेनदास प्रधान

आइतबार पनि बिदा दिऔंः भीमसेनदास प्रधान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइतबार पनि बिदा दिन माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा संसद बैठकमा शुन्य समयमा बोल्दै सांसद प्रधानले सवारी साधनमा जोर बिजोर लागू गरिए पनि सडकमा जाम भइरहेकाले बताए।

कोरोना महामारी रहुन्जेल काठमाडौंमा आइतबार पनि बिदा दिनुपर्ने उनको भनाइ छ । प्रधानले काठमाडौंमा मात्रै १५ लाख सवारी साधन रहेकोले जोरबिजोर प्रणाली लागू गर्दा पनि जाम भएको बताए ।

‘कोरोना महामारी रहुन्जेल काठमाडौंमा आइतबार र शनिबार बिदा दिऔं,’ उनले भने ।