काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले सरकारले समय हुँदाहुँदै पनि कोरोना भाइरसको संक्रमणको तयारी गर्न नसकेको आरोप लगाएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले पौष महिनाबाट नै कोरोना भाइरसको तयारी गर्ने समय हुँदाहुँदै पनि सरकार लाचार बन्दा अहिले यो अवस्थामा पुग्नु परेको हो ।
‘कोरोना भाइरसले पौष महिनामै खबर पठाएको थियो, म भाइरस हुँ भिसा चाहिँदैन, तयारी अवस्थामा बस्नू । तयारी गर्नका लागि सरकारसँग कुनै कुराको कमी थिएन । बहुमत, बजेट, कर्मचारी, सेना, प्रहरी, अरिंगाल’, उनले भनिन्, ‘त्यतिमात्र होइन, प्रतिपक्ष पनि सँगै थियो । कमी थियो त एउटा ईच्छाशक्तिको कमी थियो ।’
सांसद शाहीले महामारीले विश्व हल्लिइरहेका अवस्थामा सरकारलाई भने झाडापखालाको मात्र महसुस भएको बताइन् ।
‘कार्पेट फेर्नु भन्दा क्वारेन्टाइनको ढोकाको चुकुल फेरिदिएको भए महिलाहरु बलात्कृत हुने थिएनन्’, उनले भनिन्, ‘अब भदौसम्म ४० हजार संक्रमित बढ्छन् भनेर हाम्रा प्रधानमन्त्रीज्यू टाउको गनेर बस्नुभएको छ । टाउको गन्ने कि व्यवस्थापनमा लाग्ने ?’




प्रतिक्रिया