सामान्य बन्दै भारत-चीन सम्बन्ध, चिनियां सेनाको मृत्यु भएको खवर झुटो भएको दावी

सामान्य बन्दै भारत-चीन सम्बन्ध, चिनियां सेनाको मृत्यु भएको खवर झुटो भएको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– चीनले चीन र भारत दुवै देशका सेनाको जनरल तहको वार्तापछि सीमा क्षेत्रमा देखिएको विवाद वार्ता र संवादको माध्यमवाट हल गर्न तयार रहेको जनाएको छ । चिनियां विदेश मन्त्रालयका प्रवक्ता लिजिआन झाओले लद्दाखमा भएको झड्पमा ४० जना जनमुक्ति सेनाको मृत्यु भएको खबर समेत झुटो भएको बताएका छन् ।

दुवै देशका सेनाका जनरलहरुको तहमा भएको वार्तापछि पूर्वी लद्दाखवाट सेना हटाउन सहमत भएको धारणा चीनवाट सार्वजनिक भएको हो । प्रवक्ता झाओले १५ जूनमा भएको संघर्षपछि पहिलो पटक भएको वार्तामा दुवै पक्ष मतभेदको संवाद र सल्लाहको माध्यमबाट समाधान गर्न सहमत भएको बताए । उनले ४० चिनियां सैनिकको मृत्यु भएको समाचार फर्जी भएको दावी समेत गरे ।

भारत र चीनबीच लद्दाखमा जारी तनाव मंगलवारबाट कम भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । सोमबार भएको दुवै देशका सेनाको जनरल तहको वार्तामा चीन लद्दाखबाट सैनिक हटाउन सहमत भएको थियो ।
गलवान घांटीमा भएको संघर्षमा ३० जना भारतिय सेनाको मृत्यु भएको थियो । यो घटनापछि चीन र भारतको विचमा तनावपूर्ण सम्बन्ध बनेको छ ।

पूर्वी लद्दाखबाट सैनिक हटाउने तौर तरिकाको अन्तिम रुप दिनेमा वैठक केन्द्रित भएको थियो । यसअघि दुवै पक्षबीच लेफ्टिनेण्ट जनरल तहको वार्ता भएको थियो । उक्त वैठकमा दुवै देशका सेनावीच सेनालाई पछी हटाउने सहमती वनेपनि पछि दुवै पक्षबीच झड्प भएको थियो ।