काठमाडौं – नेपालमा थप ५३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ७६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या २ हजार २२४ पुगेको छ ।
हालसम्म १ लाख ८६ हजार ३६६ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ९९५ जनाको पिसिआर परीक्षण गरिएको छ ।
उनले आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ७८५१ रहेको जानकारी दिए । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।




प्रतिक्रिया