झापा र गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीसहित ११८ जनामा कोरोना संक्रमण पुष्टि

झापा र गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीसहित ११८ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा एक सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयकाअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप भएका नयाँ १०४ जना संक्रमितहरु थपिएका हुन् ।

त्यस्तै झापामा देखिएका कोरोना संक्रमितमध्ये ९ जना महिला र ६ जना पुरुष रहेका छन् । बुद्धशान्ति गाउँपालिकामा ६, मेचीनगर नगरपालिकामा ३, हल्दिवारी गाउँपालिकामा २ र बिर्तामोड नगरपालिकामा २ र कचनकवलमा १ गरी जम्मा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

बुद्धशान्तिमा कोरोना देखिएका मध्ये तीन महिला र तीन पुरुष छन् । तीन महिला कुवेतबाट फर्किएका हुन । त्यस्तै मेचीनगरका दुई जना संक्रमित महिला पनि कुवेतबाट फर्किएका हुन् । तीन पुरुष भारतको मुम्बई र गुजरातबाट आएका थिए । त्यस्तै बिर्तामोड नगरपालिकामा २ जना पुरुषमा कोरोना देखिएको छ । चेन्नईबाट आएका ती पुरुष स्वास्थ्यकर्मी हुन् ।