संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने ’दिल्लीदेखि काठमाडौंसम्म रेलमार्ग सुरु गर्ने सहमति भयाे’

संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने ’दिल्लीदेखि काठमाडौंसम्म रेलमार्ग सुरु गर्ने सहमति भयाे’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली-  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजधानी काठमाडौँलाई भारतसँग जोड्ने रेलमार्गको विकास गर्ने द्विपक्षीय सहमति भएको बताएका छन्। दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय बन्दरगाह नेपालले प्रयोग गर्दा सगरमाथाको देशलाई सागरसँग जोडिने बताए।

भारतले विकासका लागि मैले सुरु गरेको ‘सबका साथ सबका विकास’ र नेपालको लागि प्रधानमन्त्री ओलीले सुरु गरेको ’समृद्ध नेपाल सुखी नेपाली’को भिजन एकअर्काको परिपूरक छन्,’ उनले भने, ’यसकारण हामी यो विषयमा सहमत छौं जनकेन्द्रित योजना, विकासको साझा लक्ष्य र दुवै देशका जनताको सुख शान्ति र समृद्धिको लागि एकसाथ मिलेर अगाडि बढ्नेछौं।