कर्णालीका चार जना चिकित्सकलाई कोरोना संक्रमण, अस्पताल बन्द

कर्णालीका चार जना चिकित्सकलाई कोरोना संक्रमण, अस्पताल बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना चिकित्सकहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको छ ।

अस्पताल निर्देशक मंगल रावलले सर्वसाधारणहरुमा कोरोनाको जोखिम बढ्ने भएकाले आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको जानकारी दिए ।

‘कोभिड १९ को रोकथामका लागि गरिनुपर्ने सम्पूर्ण नियमहरू पालना गर्न अनुरोध गर्दै यस विषम परिस्थितिमा प्रत्येक नागरिकले धैर्यतापूर्वक संयमता अपनाउनु हुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले अन्य कर्मचारीहरुको पिसिआर टेष्ट गरिने र क्न्ट्र्क्ट ट्रसिङको काम पनि भइरहेको बताएका छन् ।