काठमाडौं – रुकुम पश्चिमको चौरजहारीस्थित सोही हत्याकाण्डका २३ जनालाई जिल्ला अदालतले थुनामा पठाएको छ । अदालते केटीकी आमासहित चार जनालाई भने धरौटीमा छोड्न आदेश दिएको छ ।
केटीकी आमालाई १ लाख धरौटीमा छोड्न अदालतको आदेश छ । अन्य तीन जनालाई भने सामान्य तारेखमा छोड्न अदालतले आदेश दिएको छ ।
बुधबार जिल्ल अदालत रुकुम पश्चिमले चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित अन्य २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधवार सकिएको हो । बहसमा ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फवाट ३ जना बरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए ।
गत जेठ १० गते जाजरकोटका २१ बर्षीय नवराज विकसहित ६ जना युवालाई सोतीका स्थानीयले कुटीकुटी भेरी नदीमा हत्या गरेर फालेका थिए ।




प्रतिक्रिया