नेपालमा एमसीसीबारे विवाद भइरहेका बेला अमेरिकी विदेशमन्त्री र परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

नेपालमा एमसीसीबारे विवाद भइरहेका बेला अमेरिकी विदेशमन्त्री र परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोबीच टेलिफोन वार्ता भएको छ ।

बुधबार दिउँसो मन्त्री ज्ञवालीले कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति र सहयोगको बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दुई मन्त्रीले कोरोनाविरुद्धको लडाईमा गरिरहेको कामका बारेमा आफ्ना अनुभव पनि साटेका छन् । उनीहरूले महामारीका कारण मृत्यु भएका मानिसहरुप्रति संवेदना प्रकट गरेका थिए । दुवै परराष्ट्रमन्त्रीहरुले एक अर्काको सरकारलाई उनीहरूका नागरिकहरूलाई प्रदान गरिएको संरक्षण र हेरचाह गरेको धन्यवाद दिए ।

दुवै पक्षले दुई देशबीच विकास साझेदारीको महत्त्वबारे छलफल गरेका थिए । मन्त्री ज्ञवालीले कोरोना भाइरसको महामारी सम्बन्धी परियोजनाहरु मार्फत अमेरिकी सरकारले नेपालको स्वास्थ्य क्षेत्र लगायत अरुको बीचमा प्रदान गरेको सहयोगको सराहना गरेका थिए । विदेशमन्त्री पोम्पियोले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने बताए ।

नेपालमा एमसीसी परियोजना सदनबाट पारित गर्ने विषयमा विवाद भइरहेका बेला परराष्ट्रमन्त्री र विदेशमन्त्रीबीचको संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।