काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोशन (एमसीसी)को विपक्षमा मतदान गर्न कञ्चनपुरका सांसदहरुलाई आग्रह गरेको छ ।
विप्लवले नेतृत्व गरेको नेकपाले एमसीसीको विपक्षमा मतदान गर्न कञ्चनपुरका संसदलाई पत्राचार गरेको छ ।
नेकपा कञ्चनपुरले बिहीबार प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात सांसदलाई पत्राचार गरेको हो ।
क्षेत्र नम्बर १ कि सांसद् तथा खानेपानी मन्त्री समेत रहेकी बिना मगर, २ का नर बहादुर धामी र ३का डा. दिपक प्रकाश भट्ट सहित प्रतिनिधी सभा सदस्य निरुदेवी पाल, बिना बुढाथोकी र राष्ट्रिय सभाद्वय ईन्दु कडरिया(विष्ट), तारा भट्टलाई पत्राचार गरेको हो ।
राष्ट्रघाती एमसीसी सम्झौता खारेजी सम्बन्धमा बुझाएको पत्रमा प्रत्यक्ष रुपमा अमेरिकन साम्राज्यवादको नेपालमा नाङ्गो हस्तक्षेप बढ्ने उल्लेख गरिएको छ ।




प्रतिक्रिया