नेपालमा काेराेना संक्रमितकाे संख्या ११ हजार नाघ्यो

नेपालमा काेराेना संक्रमितकाे संख्या ११ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याेसंगै संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। संक्रमितमध्ये २६५० जना निको भएर घर फर्किएका छन्।