अख्तियारले निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान हटाउन राप्रपाको माग

अख्तियारले निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान हटाउन राप्रपाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान हटाउन सरकारसँग माग गरेको छ ।

राप्रपा अध्उक्षद्वय पशुपती शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले कोरोना भाइरसको महामारीले थला परेको निजी क्षेत्रको बनोबल गिराउने काम गरेको बताएका छन् ।

‘देशको अर्थव्यवस्थामाथि आएको यस संकटको घडीमा निजि क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत छ । अतः यो प्रावधान अगाडि बढाउन नहुने राप्रपाको स्पष्टल धारणा छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै राप्रपाले किसानलाई समयमा मल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । यस वर्ष पर्याप्त वर्षाको हुने अनुमान भइरहेका बेला किसान मल नपाएर संकटमा परेको राप्रपाको ठहर छ ।