काठमाडौं – नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो ।
तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो ।
यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । विभागका निर्देशक ढुण्डीराज लामिछानेले घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउने बताए । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुने निर्देशक लामिछानेले बताए ।
दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जानकारी दिएको छ ।




प्रतिक्रिया