नेपालमा एकै दिन थपिए ५९३ जना कोरोना संक्रमित, ४८ जना डिस्चार्ज

नेपालमा एकै दिन थपिए ५९३ जना कोरोना संक्रमित, ४८ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप ५९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ४८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

९हजार ३० जना आइसोलेसनमा रहेको उनले बताए । त्यस्तै काठमाडौं उपत्यकामा १३ जना संक्रमित थपिएका छन् । २४ घण्टामा ६ हजार ५३४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हालसम्म २ लाख ६ हजार जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिए । क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या ७१ हजार १२ रहेको उनले जानकारी दिए ।